शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मस्कको चेतावनी- 'बिग ब्युटिफुल बिल' को समर्थन गर्ने सांसदलाई आउने चुनावमा हराइदिन्छु

मस्कको चेतावनी- 'बिग ब्युटिफुल बिल' को समर्थन गर्ने सांसदलाई आउने चुनावमा हराइदिन्छु

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • मस्कको चेतावनी- 'बिग ब्युटिफुल बिल' को समर्थन गर्ने सांसदलाई आउने चुनावमा हराइदिन्छु

    अमेरिकी अर्बपति व्यापारी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको 'बिग ब्युटिफुल बिल' को समर्थन गर्ने सांसदलाई चुनावमा हराइदिने चेतावनी दिएका छन् । मस्कले  हाल सिनेटमा रहेको सो बिलको पक्षमा मतदान गर्ने सांसदलाई आगामी निर्वाचनमा हराइदिने चेतावनी दिएका हुन् ।

    मस्कले यो बिलको विरुद्धमा आफ्नो विरोध जारी राख्दै लेखेका छन्- 'यस अघि सरकारी खर्च घटाउन अभियान चलाउने र त्यसको तुरुन्तै इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने हरेक कांग्रेस सदस्यले लाजले शीर झुकाउनु पर्छ ! यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम केहि हुने छ भने त्यो उनीहरूलाई अर्को वर्ष चुनावमा हराउनु हुने छ ।'

    रिपब्लिकन पार्टीले सिनेटबाट यसलाई पारित गराउन पूर्ण प्रयास गरिरहेको छ । केहि दिन अघि यो बिल सिनेटमा ५१-४९ मतले स्वीकृत भएको छ भने यो सिनेटबाट पारित हुने समय सीमा जुलाई ४ रहेको छ ।  

    डोनाल्ड ट्रम्पको बिग ब्युटिफुल बिलले सामाजिक कल्याणकारी कार्यक्रमहरूको कोष कटौती गर्ने र साथसाथै अमेरिकाको ऋण ३ ट्रिलियन डलरले बढ्ने आरोप लगाइएको छ । बिल पारित गराउन यी दिनहरूमा सिनेटमा म्याराथन बैठकहरू भइरहेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार