शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भुटानविरुद्ध रौनक श्रीवास्तवले बनाए शतक

भुटानविरुद्ध रौनक श्रीवास्तवले बनाए शतक

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • भुटानविरुद्ध रौनक श्रीवास्तवले बनाए शतक

    एसीसी यू–१६ ईस्ट जोन कपमा रौनक श्रीवास्तवले शतक प्रहार गरेका छन् ।

    भुटान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन् । नेपालका लागि चौंथो क्रममा आएका रौनकले ९५ बलमा १० चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् ।

    उनले ३६.४ ओभरमा शतकीय पारी पूरा गरे । नेपाल ३७ ओभरको खेल सक्दा ४ विकेटको क्षतिमा २३८ रन बनाएर खेलिरहेको छ ।

    यसअघि नेपालका ओपनर ब्याटल प्रसिद्ध जैसीले इन्डोनेसिया विरुद्ध १३२ रनको शतकीय पारी खेलेका थिए । नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ । समूह ‘ए’ को शीर्षस्थानमा रहेको नेपाल अभिजित रहँदै सेमीफाइनल प्रवेश गर्न चाहन्छ ।

    नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार