शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

धनगढीलगायत आसपासका क्षेत्र जलमग्न, विद्यालय बन्द

धनगढीलगायत आसपासका क्षेत्र जलमग्न, विद्यालय बन्द

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • धनगढीलगायत आसपासका क्षेत्र जलमग्न, विद्यालय बन्द

    गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन् । त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ । अव्यवस्थित तथा पुराना नालीका कारण अलि पनि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।

    पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको स्थानीय अगुवा शिवराज जोशीले बताए । पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष धर्मराज ओझाकोे भनाइ छ । धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    अविरल वर्षाका कारण जनजीवन मात्र होइन, शैक्षिक गतिविधिमा पनि असर परेको छ । ऐश्वर्य विद्या निकेतन लगायतका विद्यालयहरूले एक दिनका लागि पठनपाठन स्थगित गरेका छन् । ऐश्वर्य विद्या निकेतनका निमित्त प्राचार्य सञ्जय पन्तद्वारा जारी सूचनामा विद्यालय परिसर जलमग्न भएको र विद्यार्थी तथा शिक्षकहरूको आवतजावतमा समस्या भएपछि आज एक दिन विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।

    यसैबीच, सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो २४ घण्टामा बेलौरीको शान्तिपुरमा २६४.६ मिलिमिटर र कृष्णपुरमा १८४ मिलिमिटर वर्षा मापन भएको छ । महाकाली, मोहना, मछेली, दोदा, स्याली, चौधर लगायत नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढेको छ । विभागले नदी तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान र विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार