शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुई मोटरसाइकल ठोक्किँएर लड्दा ट्रकले किचेर मृत्यु

दुई मोटरसाइकल ठोक्किँएर लड्दा ट्रकले किचेर मृत्यु

आषाढ १६, २०८२ सोमवार
आषाढ १६, २०८२ सोमवार
  • दुई मोटरसाइकल ठोक्किँएर लड्दा ट्रकले किचेर मृत्यु

    सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा लडेका बेला ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । दुई मोटरसाइकल ठोक्किँदा सडकमा लडेका चालकको ट्रकले किच्दा मृत्यु भएको हो ।

    खडक नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चोक नजिकै आइतबार भएको दुर्घटनामा वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

    मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किचेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

    ट्रक चालक हेटौँडा उपमाहानगरपालिका १५ का २९ वर्षीय रामकुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका–७ का ३८ वर्षीय भुपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार