शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मानभवनमा मोटरेवल पुलको नमूना प्रदर्शनी सुरु

मानभवनमा मोटरेवल पुलको नमूना प्रदर्शनी सुरु

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • मानभवनमा मोटरेवल पुलको नमूना प्रदर्शनी सुरु

    नेपालमा प्रयोग भइरहेका मोटरेवल पुल निर्माणका बारेमा जानकारी दिने उद्देश्यले पुलहरुको नमूना प्रदर्शनीको आयोजना गरिएको छ । स्वीस सरकार विकास सहयोग एसडीसी र स्थानीय पूर्वाधार विकास विभागको संयुक्त प्रयासमा ललितपुरको मानभवनमा मंगलबारबाट दुई दिने प्रदर्शनीको आयोजना गरिएको हो ।

    Photo (2) (3).jpg

    प्रदर्शनीमा पुलका नमूना, प्रयोग गरिने सामग्री र प्रविधिहरु राखिएको छ । स्थानीय सडक पुल सहयोगी इकाइको टोली नेता सखिल मानन्धरका अनुसार यो वर्ष सम्झौताको अन्तिम वर्ष भएकाले विगत १४ वर्षमा प्राविधिक काम कसरी भयो देखाउनलाई यो प्रदशनी गरिएको हो ।

    Photo (20).jpg

    मानन्धरले भने, ‘सन् २०११ मा स्विस सरकार र नेपाल सरकारबीच दुई  पक्षीय सम्झौता भएको थियो । त्यसमा स्थानीय र प्रदेश सडकमा बनिने मोटर जाने पुलहरुमा चाहिने प्राविधिक सहयोग स्वीस सरकारले नेपाल सरकारलाई दिने सम्झौता भएको थियो । सो क्रममा प्रयोग भएका नमूना र प्रविधिकाबारेमा मेलामा प्रदर्शनी गरिएको छ ।’

    Photo (5) (2).jpg

    उनले थप भने, ‘यो अन्तिम वर्ष हो । यो समापन हुँदैगर्दा विगतको १४ वर्ष पुल बनाउँदा प्राविधिकरुपमा कस्तो कामहरु गरियो भनेर सबैले थाहा पाउनुपर्छ भनेर देखाउनको लागि यो प्रदर्शनी गरेको हो ।’ स्विस सरकारको प्राविधिक सहयोगमा आठ सय भन्दा बढि पुल निर्माण गरिएको मानन्धरले जानकारी दिए । प्रदशनी दुई दिनसम्म चल्नेछ भने इन्जिनियर तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले प्रदशनीलाई बढी प्राथमिकतामा राखेका छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार