शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यू–१६ इस्ट जोन क्रिकेट : नेपालको लगातार दोस्रो जीत

यू–१६ इस्ट जोन क्रिकेट : नेपालको लगातार दोस्रो जीत

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • यू–१६ इस्ट जोन क्रिकेट : नेपालको लगातार दोस्रो जीत

    एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई नौं विकेटले हराएको हो । जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर बलमा एक विकेट गुमाएर भेटायो ।

    नेपालका लागि सिवान्स बजगाईले अविजित ३८ र प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए । जापानका केइसीइ कोबायशी डोगेटले एक विकेट लिए । त्यसअघि मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर तीन बलमा अलआउट भयो ।

    जापानका लागि कप्तान चार्ली ह्यारिसले ३६ रन बनाए । नेपालका शुभम खनालले पाँच विकेट लिए । यस्तै अभय यादवले दुई, सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले एक विकेट लिए । अस्ती आइतबारको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । १६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन् ।

    समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार