शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज नेपाल र जापान भिड्दै

आज नेपाल र जापान भिड्दै

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • आज नेपाल र जापान भिड्दै

    नेपालले मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा आज (मंगलबार) जापानसँग खेल्दैछ। नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ। खेल कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

    नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दै छन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो । विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ।

    सिंगापुरविरुद्ध विपिनले चार विकेट लिँदा प्रसिद्धले अविजित ५५ रन बनाएका थिए। यता चार्ली हाराहिन्जेको कप्तानीमा रहेको जापान पनि लगातार दोस्रो जितको लक्ष्यमा छ। जापानले पहिलो खेलमा भुटानविरुद्ध २१५ रनको सानदार जित दर्ता गरेको थियो ।

    जापानलाई काइसी काबायाशीडोगेट, मोन्टी हाराहिन्जे, इशान लालजस्ता खेलाडीका साथ मैदान उत्रिने छ। भुटानविरुद्ध काइसीले शतक प्रहार गरेका थिए। यसैगरी चार्लीले ४२ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार