क्यानडा २०२६ मा हुने आइसीसी टी-२० विश्वकपका लागि छनौट भएको छ । क्यानडा अमेरिकी क्षेत्रबाट टी-२० विश्वकपमा छनौट भएको हो ।
हाल अमेरिकी छनौट खेलिरहेको क्यानडाले छनौट खेलमा लगातार पाँच जित हासिल गर्दै शिर्ष स्थानमा रहेको विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । अमेरिका र वेस्टइन्डिज भने २०२४ को विश्वकपमा शिर्ष ७ भित्र परेकाले स्वत: विश्वकपमा छनौट भएका छन् । २०२६ को पुरुष क्रिकेटको टी-२० विश्वकप भारत र श्रीलंकामा हुदैछ ।
अहिलेसम्म आयोजक भारत र श्रीलंकापछि अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, दक्षिण अफ्रिकाम अमेरिका, वेस्टइन्डिज विश्वकपमा सिधै छनौट भएका छन् । त्यस्तै टी-२० टिमको वरियताका अधारमा आयरल्याण्ड, न्यूजील्याण्ड र पाकिस्तान पनि विश्वकपका लागि छनौट भएका छन् । त्यसैगरी क्यानडा अमेरिकी क्षेत्रबाट छनौट भएको छ ।
अब युरोप र अफ्रिका छनौट खेलबाट २-२ देश विश्वकपमा छनौट हुने छन् भने एशिया-प्यासिफिक क्षेत्रबाट ३ देश विश्वकपमा छनौट हुने छन् । आगमी अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने छनौट प्रतियोगिताबाट यस क्षेत्रबाट विश्वकपमा पुग्ने तीन देशको टुंगो लाग्ने छ । नेपालसहित ९ देशले यो छनौट खेल खेल्दैछन् ।