शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कैलालीमा कैदी मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ

कैलालीमा कैदी मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • कैलालीमा कैदी मृत्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ

    कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई नियन्त्रणमा लिइएको डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन्। नाथलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको कैलाली कारागारमा मृत्यु भएको थियो।

    मृतककी श्रीमती जानकी साउदले सई नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउदै किटानी जाहेरी दिएकी छन्। किटानी जाहेरीका आधारमा सईलाई पक्राउ गरिएको हो। सई नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत हुन्।

    नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला गरेको थियो । फरार रहेका उनलाई २९ जेठमा डडेल्धुराबाट पक्राउ गरेर कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते बिदा परेका कारण असार १ गते मात्र अदालत पेश गरिएको थियो।

    अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो। अर्को राति कारागारको बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो। उनको शरीरमा घाउ, निलडाम भएकोले घटनालाई शंकास्पद भन्दै पीडित परिवारले छानविनको माग गर्दै आएको थियो। आरोपी सई पक्राउ परेसँगै पीडित परिवार शव बुझ्न तयार भएको छ।

    सेती प्रादेशिक अस्पतालमा शव परीक्षण पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। घटनको अनुसन्धानको माग गर्दै बुधबार डडेल्धुरामा आन्दोलन समेत भएको थियो। चर्को दबाबपछि जिल्ला प्रशासन कार्यालय, कैलालीले पनि घटनको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्य छानबिन समिति बनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार