शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • नेदरल्यान्ड्सले नेपाललाई दियो १५३ रनको लक्ष्य

    स्कटल्यान्डमा जारी ट्वान्टी–२० शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ। सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको हो।

    नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए। विक्रमजित सिंहले ३० रन बनाए। ओपनर माइकल लेभिटले २० र अर्का ओपनर म्याक्स ओ‘डोडले १९ रन थपे। जाच लायन क्याच्टले ११ रन जोडे। साकिब जुल्फिकर २५ रनमा अविजित रहे। नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए। चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए। कुशल भुर्तेल र ललित राजवंशीले समान एक विकेट लिए।

    ट्वान्टी–२० क्रिकेटमा नेपालको यो १००औँ अन्तर्राष्ट्रिय खेल हो। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त ट्वान्टी–२० खे खेलेको थियो। स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् । शृंखलामा नेपालको यो पहिलो खेल हो। नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो।

    शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा छैनन्। यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार