शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दै

    नेपालले स्कटल्याण्ड र नेदरल्याण्डस सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । 

    स्कटल्याण्डमा हुने यो सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ । नेपाल र नेदरल्याण्डस अहिलेसम्म टी-२० खेलमा १३ पटक आमने सामने भएका छन् । जसमा नेदरल्याण्डस ७ खेलमा विजयी भएको छ भने नेपालले ५ खेल जितेको छ ।

    आइसीसीको टी-२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्डस १४औं स्थानमा रहेको छ । २० जुनसम्म हुने यो त्रिकोणात्मक टी-२० सिरिजमा मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

    यस सिरिजमा खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार