शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारत आउदै गरेका दुई बोइङ ड्रीमलाइनर विमानमा बिच बाटोबाट फर्किए!

भारत आउदै गरेका दुई बोइङ ड्रीमलाइनर विमानमा बिच बाटोबाट फर्किए!

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • भारत आउदै गरेका दुई बोइङ ड्रीमलाइनर विमानमा बिच बाटोबाट फर्किए!

    आइतबार भारत आउँदै गरेका दुई बोइङ ड्रीमलाइनर विमान उडान भरेपछि बीच बाटोमै विमानस्थलमा फर्किएका छन् ।  एउटा उडान लन्डनबाट चेन्नई आउँदै थियो भने अर्को फ्र्याङ्कफर्टबाट हैदराबाद आउँदै थियो । दुवै सोमबार अवतरण गर्ने तालिका थियो ।

    लन्डनबाट चेन्नई आउँदै गरेको ब्रिटिश एयरवेजको विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो । त्यसैगरी फ्र्याङ्कफर्ट (जर्मनी) बाट हैदराबाद आउँदै गरेको लुफ्थान्सा (एयरलाइन) को विमान बोइङ ७८७-९ ड्रीमलाइनर थियो । यो घटना अहमदाबादमा एयर इन्डियाको बोइङ ड्रीमलाइनर दुर्घटना भएको केही दिनपछि भएको हो । 

    ब्रिटिश एयरवेजले लन्डनबाट चेन्नई आउँदै गरेको उडान अवतरण गर्नुअघि उडान भर्ने समय, यात्रु र चालक दलको संख्या र विमान हावामा रहेको समय खुलाएको छैन । लाइभ फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार, ब्रिटिश एयरवेजको उडान बिए ३५ सोमबार बिहान ३:४५ बजे चेन्नई पुग्ने तालिका रहेको थियो । दिउँसो १.१६ बजे उडान भरेको यो विमान विमानस्थल फर्कनु अघि लगभग दुई घण्टा उडेको थियो । वेबसाइटका अनुसार, विमानस्थल फर्कनु अघि उडान धेरै होल्डिङ ढाँचामा रहेको उल्लेख छ ।

    त्यस्तै आइतबार नै फ्र्याङ्कफर्टबाट भारतको हैदराबाद जाने लुफ्थान्साको उडान पुन: फ्र्याङ्कफर्ट फर्किएको छ । यद्यपि, यसको कारण खुलाइएको छैन । हैदराबादको राजीव गान्धी विमानस्थलमा रहेको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले जर्मनीबाट उडान भरेको केही समयपछि विमान फ्र्याङ्कफर्ट फर्किरहेको सन्देश प्राप्त गरेको उल्लेख छ । यो विमान सोमबार बिहान ६: १५ बजे हैदराबादमा अवतरण गर्ने तालिका रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार