शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्रीको डीएनए म्याच

विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्रीको डीएनए म्याच

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्रीको डीएनए म्याच

    भारतको अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको डीएनए मिलेको छ । योसँगै उनको शव परिवारलाई हस्तान्तरण गरिने र राजकोटमा दाहसंस्कार गरिने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    यस दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ । आइतबार बिहानसम्म २४८ शवको डीएनए नमूना लिइएको थियो । यीमध्ये ३१ वटा मिलेका छन्, जसमध्ये २० शव परिवारलाई हस्तान्तरण गरिएको छ । उनीहरूको मृत्यु प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

    एम्बुलेन्स मार्फत शवहरूलाई सुरक्षाका साथ उनीहरूको गृहनगरमा पुर्‍याइँदै गरेको बताइएको छ । यसका लागि २३० टोलीहरू गठन गरिएका छन्, जुन मृतकका आफन्तहरूसँग प्रत्यक्ष सम्पर्कमा छन्। १९२ एम्बुलेन्स र सवारी साधनहरू तयारी अवस्थामा राखिएको छ । 

    एयर इन्डियाको यस विमान दुर्घटनामा विमानमा सवार एक यात्रु सकुशल रहेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार