बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ्ग साइटबाट जेठ ३१ गते सशस्त्र प्रहरीले करीव ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको एयरपड प्रो र मोवाईलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं। १२ गण बाराले बरामद गरेको हो । उक्त सामान ल्याउने व्यक्ति भने फरार रहेका छन् ।
बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्