शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेदरल्यान्ड्सको टस, नेपाल ब्याटिङमा, नेपाली टोलीमा तीन परिवर्तन

नेदरल्यान्ड्सको टस, नेपाल ब्याटिङमा, नेपाली टोलीमा तीन परिवर्तन

जेठ २७, २०८२ मंगलवार
जेठ २७, २०८२ मंगलवार
  • नेदरल्यान्ड्सको टस, नेपाल ब्याटिङमा, नेपाली टोलीमा तीन परिवर्तन

    आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत चौथो श्रृंखलाको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। नेदरल्यान्ड्सका कप्तान स्कट इड्वार्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका छन्। नेपालले जारी श्रृंखलामा पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेट र नेदरल्यान्डमाथि ५ विकेटको जित दर्ता गरेको हो।

    तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो । नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ। चोटका कारण सोमपाल कामी र गुलशन झा खेलिरहेका छैनन्।सोमपाललाई स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङका क्रममा बाउन्सर बलले कुहिनामा चोट लागेको थियो। गुलशनलाई घुँडामा चोट लागेको छ । यी दुवैले अर्को साता ग्लास्गोमा सुरु हुने तीनदेशीय ट्वान्टी २० शृंखलासमेत गुमाउने भएका छन्।

    सोमपाल र गुलशनको स्थानमा नन्दन यादव र बसिर अहमदलाई खेलाइएको छ। दाहिने हाते तीव्र बलर नन्दनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न लागेका हुन्। त्यस्तै ठूलो स्कोर बनाउन नसकेका ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ। नेदरल्यान्ड्सका कप्तान इडवार्डस टोलीमा फर्किएका हुन्।

    नेपालविरुद्धको पहिलो खेलमा उनी ब्याटिङका क्रममा घाइते भएका थिए। उनले विक्रमजित सिंहको स्थान लिनेछन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार