शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिकाबाट डिपोट भएका ४० जना नेपाली आज नेपाल पुग्दै

अमेरिकाबाट डिपोट भएका ४० जना नेपाली आज नेपाल पुग्दै

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • अमेरिकाबाट डिपोट भएका ४० जना नेपाली आज नेपाल पुग्दै

    अमेरिकाले थप नेपालीलाई डिपोट गरेर नेपाल पठाउँदैछ । उनीहरुलाई आज चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काउन लागेको हो । डिपोट गरिएका नेपालीहरु सवार चार्टर्ड विमान आज ४ः १५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

    अध्यागमन कार्यालय स्रोतका अनुसार आज अमेरिकाबाट डिपोट भएर आउनेहरु ४० जना रहेका छन् । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिएको थियो । तर, पछि केही नेपालीहरु रोकिएको बताइएको छ ।

    अध्यागमन विभागका अनुसार डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि हालसम्म अमेरिकाले १४० जना नेपाली डिपोर्ट गरिसकेको छ । उनीहरू सबै नेपाल आइसकेका छन् । ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । सन् २०२५ जनवरी २० देखि जुन ४ सम्मको अवधिमा अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरेको हो । अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई डिपोर्ट गरिएको जनाइएको छ । 

    काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।  

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले पनि अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु आज अपराह्न काठमाडौं आउन लागेको पुष्टि गरे । तर, उनले केही दिनअघि नै डिपोट गरिएको भनेर पत्र आएको बताउँदै भने, ‘यसरी फर्किनेहरुको संख्या भने यकिन छैन ।’

    राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।

    डिपोर्ट भएर आज काठमाडौं अवतरण गर्न लागेका नेपालीहरुलाई भने के कारणले डिपोर्ट गरिएको हो भन्ने व्यवहोरा पत्रमा स्पष्ट खुलेको छैन । प्रवक्ता न्यौपानेका अनुसार आज आउन लागेका नेपालीहरु अमेरिकाको इमिग्रेसन कानुन उल्लंघन गरेकाले डिपोर्ट गरिएको भन्ने व्यहोराको पत्र अध्यागमनलाई प्राप्त भएको छ । अरु कुनै कारण पत्रमा लेखिएको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार