शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

जेठ २५, २०८२ आइतवार
जेठ २५, २०८२ आइतवार
  • विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

    आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले आयोजक स्कटल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।

    नेपालले यस सिरिजमा यसअघि खेलेका दुवै खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेको छ । नेपालले स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने नेदरल्याण्डसविरुद्ध ५ विकेटको जित निकालेको थियो । त्यस्तै यस सिरिजमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको छ ।   

    नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ९ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।  

    हाल लिग-२ को अंक तालिकामा नेपाल १४ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १४ खेलमा ४ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन ।

    त्यस्तै स्कटल्याण्डको १८ खेलमा २२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार