शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

क्रिस्टियानो रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

क्रिस्टियानो रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

जेठ २४, २०८२ शनिवार
जेठ २४, २०८२ शनिवार
  • क्रिस्टियानो रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने

    अल नासर छोडेर फिफा क्लब विश्वकप खेल्ने चर्चा भइरहेका बेला क्रिस्टियानो रोनाल्डोले आगामी फिफा क्लब विश्वकपमा सहभागी नहुने बताएका छन् ।

    पोर्चुगलको युइएफए नेसन्स लिगको स्पेनविरुद्धको फाइनल अघि कुरा गर्दै फिफा क्लब विश्वकपका लागि कैयौं प्रस्ताव आएको भएपनि आफु सहभागी नहुने स्पष्ट गरेका हुन् । उनले भनेका छन्- 'यो लगभग तय छ, मैले कैयौं प्रस्ताव पाएपनि म फिफा क्लब विश्वकपमा सहभागी हुन्न ।'

    रोनाल्डोले आफ्नो सक्रिय फुटबल क्यारियर धेरै नभएको विषयमा आफु जानकार रहेको बताउदै आफुले अहिले पनि उत्कृष्ट खेलिरहेको बताए । उनले आफुले सन्यासको बारेमा नसोचेको बताउदै आफु अहिले खुशी रहेको बताए ।

    रोनाल्डोले  स्पेनका युवा खेलाडी लामिन यमलका बारेमा पनि टिप्पणी गरेका छन् । रोनाल्डोले यमलले राम्रो गरिरहेको र उनलाई अहिले कुनै किसिमको दबाब दिन नहुने र उनलाई खेलाडीको रुपमा विकसित हुन दिनुपर्ने बताए ।

    रोनाल्डोले आइतबार राति यमलको टिम स्पेनसँग नेसन्स लिगको फाइनलमा खेल्दै छन् । अल नासरमा यस महिनाको अन्त्यसम्म मात्र सम्झौता रहेका रोनाल्डोले अल नासरमै सम्झौता नवीकरण गर्ने विश्वास गरिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार