शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

    रौतहटको गौर नगरपालिका वडा नं. ६ सबगढामा रहेका तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ ।

    चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन् । प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ ।

    तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।

    चोरीको घटना भएको स्वीकार गर्दै उनले चोरहरुको खोजी कार्य भैरहेको बताए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार