अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
म्याक्सवेलले आफ्नो ठाउमा अन्य खेलाडीले २०२७ को विश्वकपको तयारी गर्न सकोस भन्दै एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेको बताएका छन् ।
विस्फोटक ब्याट्सम्यानको परिचय बनाएका ३६ बर्षिय म्याक्सवेलले अस्ट्रेलियाका लागि १४९ एकदिवसीय खेल खेल्दै ३९९० रन बनाएका छन् । उनको उच्चतम स्कोर २०१ रन (नटआउट) थियो । म्याक्सवेलले २०१२ मा अफगानिस्तान विरुद्ध खेलेको खेलबाट आफ्नो एकदिवसीय क्रिकेट करियर सुरु गरेका थिए ।
म्याक्सवेलले आफ्नो एकदिवसीय करियरमा ७७ विकेट पनि लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्