शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ललितपुरमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

ललितपुरमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • ललितपुरमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

    ललितपुर महानगरपालिका–४ स्थित एकान्तकुना–खरिबोट सडकमा बा २ ख ३४८ नम्बरको बसले बा. ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    आज भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको नैकाप बस्ने गोरखाका ३० वर्षीय संजीव अधिकारीको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

    उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार नम्रता लामिछाने र उनका छोराको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार