शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • मादी नदीमा जिप खस्दा तीन जनाको मृत्यु

     पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ नम्बर वडा जोड्ने मादी पुलबाट नदीमा जिप दुर्घटना खस्दा तीन जनाको मृत्यु भएको छ । शनिबार राति करिब साढे ११ बजे जिप दुर्घटनामा परेको हो ।

    दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मुत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् । त्यस्तै, दुर्घटनामा परेर चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ ।

    त्यस्तै, चालक गुट्टाको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा पाँचजना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार