शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सहसचिव भट्टराईलाई बिहीबार उपस्थित हुने गरी अख्तियारले छाड्यो

सहसचिव भट्टराईलाई बिहीबार उपस्थित हुने गरी अख्तियारले छाड्यो

जेठ ७, २०८२ बुधवार
जेठ ७, २०८२ बुधवार
  • सहसचिव भट्टराईलाई बिहीबार उपस्थित हुने गरी अख्तियारले छाड्यो

    गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई भोलि उपस्थित हुने गरी छुटेका छन्। आज (बुधबार) दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएका भट्टराईलाई भोलि उपस्थित हुने गरी छाडिएको हो। अख्तियारले भट्टराईको मोबाइल भने आफैले राखेको छ । अख्तियारले भट्टराईलाई बुधबार राति कागज गराएर छोडेको हो । उनलाई बिहीबार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ ।

    उनलाई भोलि कार्यालय समयमा उपस्थित हुने शर्तमा छाडिएको बुधबार अख्तियार स्रोतले जनाएको छ। काठमाडौंबाट पक्राउ परेका भट्टराईलाई लगत्तै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुर्‍याइएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सेटिङ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई विदेश पठाउने काममा उनी संलग्न रहेको पाएपछि अख्तियारले पक्राउ गरेको थियो ।

    फर्जी कागजातका आधारमा पठाउने कार्यमा उनको पनि संलग्नता रहेको अख्तियार स्रोत बताउँछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुका आकस्मिक रुपमा गृह मन्त्रालयमा तानिएका थिए। बुधबार अख्तियारले भट्टराईलाई विमानस्थलस्थित कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

    अख्तियारले भट्टराईलाई पक्राउ गर्नुअघि विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजात समेत नियन्त्रणमा लिएको छ । यो प्रकरणमा अख्तियारले सीआईटी कलेजमा कार्यरत कविता पौडेल, भक्तपुरका खगेन्द्र सुवेदी र काठमाडौं हात्तीसारस्थित ट्राभल एन्जेसी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काबाट समेत मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको छ।

    उनलाई सरुवा गरेर गृहले पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो। अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेकोमा विमानस्थल अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार