शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक

कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडीलाई अझै रोक

    बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ।

    भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो। अहिले पुल मर्मत सम्भार गरेर साना गाडीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

    तर ठूला गाडीलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको छ । बगुवा खोलामा बागमती पुलको एक भाग गएको असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । निर्माणाधीन पुलबाट कार, जीप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको डिएसपी अर्यालले जानकारी दिए। बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो। पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ। स्थायी सडक संरचना निर्माण नभएसम्म बगुवा खोलामा वर्षाको बेला सडक सञ्चालन नियमित हुने अवस्था देखिँदै ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार