शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौंको तीनकुने आन्दोलनको घटनामा पक्राउ परेका दुर्गा प्रसाईंसहित २६ जनालाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनामाथि अनुसन्धान गर्न थप चार दिनको अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्। आइतबार इजलासमा बहस नभएको र म्याद थप मात्रै भएको उनले बताएका छन्।

    प्रहरीले उनीहरूमाथि राज्‍यविरूद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । संगठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। यसअघि शुक्रबार मात्रै सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई हाजिर जमानीमा छाड्न आदेश दिएको थियो ।

    प्रहरीले हिरासतमै राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उक्त रिटमा न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले हाजिर जमानीमा छाड्‍न आदेश दिएको थियो। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनस्र्‍थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार