शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

जेठ ४, २०८२ आइतवार
जेठ ४, २०८२ आइतवार
  • रसुवाबाट साढे सात किलो सुन बरामद, एक जना पक्राउ

    रसुवाबाट साढे सात किलो सुन बरामद भएको छ । रसुवाको गोसाइकुण्डबाट गाउँपालिका–१ बाट साढे सात किलो सुनसहित एक जना पक्राउ परेका हुुन् । 

    केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीमा अन्दाजी साढे सात किलो सुन बरामद गरेको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिएका छन् । उक्त गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि रसुवाकै हुन् । 

    जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार तस्करीको सुन बरामद गरेर अहिले यकिन तौल लिने काम भइरहेको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीले कडा निगरानी बढाएपछि उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।

    विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ । नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार