शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएपछि...

गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएपछि...

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • गृहमन्त्रीको साथी हुँ भन्दै धम्की दिएपछि...

    गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

    श्रेष्ठले आफू गृहमन्त्रीको निकट सहयोगी भएको दाबी गर्दै विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई टेलिफोनमार्फत धम्क्याउने, गालीगलौज गर्ने र दैनिक प्रशासनिक कामकाजमा अवरोध सिर्जना गर्ने गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।

    पक्राउ परेका श्रेष्ठ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ निवासी हुन्। उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको  छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार