शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बिहेको भोज खाँदा धनुषामा जन्तीसहित सय बढी बिरामी

बिहेको भोज खाँदा धनुषामा जन्तीसहित सय बढी बिरामी

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • बिहेको भोज खाँदा धनुषामा जन्तीसहित सय बढी बिरामी

    बिहे भोजमा खाजा खाँदा धनुषाधाममा सय जनाभन्दा बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।

    खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने, कमजोर हुने क्रम चलेको घटनास्थलमा परिवारजन र बिरामीसँगको प्रतिक्रियापछि थाहा भएको प्रमुख यादवले जानकारी दिए ।

    ४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार