शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सव–इन्जिनियरको साढे तीन करोड अवैध सम्पत्ति, पत्नीसहितलाई भ्रष्टाचार मुद्दा

सव–इन्जिनियरको साढे तीन करोड अवैध सम्पत्ति, पत्नीसहितलाई भ्रष्टाचार मुद्दा

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • सव–इन्जिनियरको साढे तीन करोड अवैध सम्पत्ति, पत्नीसहितलाई भ्रष्टाचार मुद्दा

    काठमाडौं उपत्यका विकास प्राधिकरणका सब– इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    प्राधिकरणको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सब–इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो । उनीविरुद्ध तीन करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    पौड्यालले मिति २०५१-०१-०९ गतेदेखि मिति २०८०-०३-३१ गतेसम्मको अवधिमा कमाएको र खर्च हिसाब गर्दा ३ करोड ६३ लाख २१ हजार २ सय ७ रुपैयाँको हिसाब नखुलेको पनि आयोगले जनाएको छ ।

    उनीविरुद्ध अख्तियारले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र जरिवाना माग गरेको छ ।

    उनले पदमा रहँदा अवैधरूपमा कमाएको सम्पत्ति पत्नी विष्णुमैया पौड्यालका नाममा राखेको देखिएकोले बिगोबराबरको जफतका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार