शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

    लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् । नेत्र अर्यालको शब्द रहने यो गीत तिज बिशेष हुने बताईएको छ ।

    ‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरु ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

    २÷३ वटा चलचित्रमा खेम सेन्चुरीको गीत आउन सक्ने देखिएपनि भदौ १२ मा रिलिज हुने भनिएको कोशेढुङ्गा खेमको पहिलो चलचित्र बनेको छ । नेपाली चलचित्रमा लोक लयको एउटा मात्र भए पनि गीत राख्नु पर्नेमा जोड दिँदै चलचित्र कोशेढुङ्गाका मुख्य सल्लाहकार निदेश अधिकारीले कोशेढुङ्गा नेपाली माटो सुहाउँदो चलचित्र बन्ने बताएका छन् ।

    नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् ।आर्यन सिग्देल, सुरक्षा पन्त, निति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाई, मन्जिल कुमार चलचित्रमा मुख्य कलाकारका रुपमा रहने छन् ।

    बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन तथा रिदम कँडेल र आषिश अविरलको संगीत रहने यो चलचित्रको अन्तर्राष्ट्रिय र डिजिटल राईट सेभेन सिज इन्टरनेशनलले खरिद गरिसकेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार