शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित

एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनित

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा अभियन्ता गंगाधर गौतम मनोनित भएका छन् ।

    सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले काठमाडौँमा  आयोजना गरेको एकता महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका महेश कुमार श्रेष्ठले बेल्जियम निवासी  गौतमलाई प्रवक्ता मनोनित गरेका हुन् । 

    लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय रहेका उनी एकता महाधिवेशन मूल आयोजक समितिका सदस्य सचिव थिए ।
    संस्थाभित्र एकताको वातावरण बनाउन आफु  चुनावी प्रतिस्पर्धामा नउत्रिएको गौतमले बताए। । उनले सबैलाई एकताबद्ध हुन आग्रह गर्दै बाहिर रहेका केही साथीहरूलाई पनि अभियानको मूल प्रवाहमा समेट्नका लागि सिङ्गो कार्यसमितिले पहलकदमी लिने प्रस्ट पारे । 

    अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए ।  आइतबार भएको निर्वाचनबाट महेश कुमार श्रेष्ठसहित सम्पूर्ण पदमा सर्वसम्मत भएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार