शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

श्रीमान‍को किरिया बसेकी महिलाको मृत्यु

श्रीमान‍को किरिया बसेकी महिलाको मृत्यु

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • श्रीमान‍को किरिया बसेकी महिलाको मृत्यु

    दाङको तुलसीपुरमा श्रीमान‍्को किरिया बसेकी एक महिलाको मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–७, मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान‍्को किरिया बसेको अवस्थामा (वैशाख १३) मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा शनिबार (वैशाख १३) बिहान अचानक बिरामी भएपछि उपचारका निम्ति राप्ती लाइफकेयर अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    श्रीमान‍्को निधनको छैटौँ दिनमा उनको मृत्यु भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिइन् ।

    उनको शव परीक्षणका निम्ति राप्ती प्रादेशिक अस्पतालमा राखिएको स्रोतले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार