शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद

बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद

बैशाख ७, २०८२ आइतवार
बैशाख ७, २०८२ आइतवार
  • बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद

    निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन् । ‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ–आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका हुन् ।

    साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए । ‘म्यान्माली नेपाली साहित्यकारले थाइल्यान्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनू, राम्रो गर्दै जानू, यहीँ छ मेरो शुभकामना छ ’उनले भने । साहित्यिक भेटघाट प्रेरणादायी, भावनात्मक र स्मरणीय वातावरणमा सम्पन्न भएको थाई नेपाली ‘आदर्श’ पुस्तकालयका अभियन्ता राज पौड्यालले बताए ।

    ‘हामीहरु अत्यन्तै खुशी छौँ । मदन पुरस्कार विजेता, वरिष्ठ साहित्यकार युवराज नयाँघरेज्यू हाम्रो कार्यक्रमको प्रमुख आकर्षण बन्नुभयो। उहाँको आत्मीयता, गहिरो चिन्तनशीलता र सरल व्यक्तित्वले उपस्थित सबैको मन जित्यो,’ उनले भने । कार्यक्रममा नयाँघरेको पछिल्लो कृति ‘तनक्खा’लाई केन्द्रमा राखेर चर्चा समेत गरिएको थियो ।

    तनक्खा दक्षिणपूर्वी एसियाली मुलुक म्यान्माका विभिन्न गन्तव्यहरूमा आधारित एक उत्कृष्ट नियात्रा संग्रह हो । कृतिमा म्यान्माली नेपाली समाजको जीवन, सभ्यता,संस्कृति, धर्म, सार्वजनिक सरोकार र ऐतिहासिक पृष्ठभूमिको सूक्ष्म र गहिरो चित्रण गरिएको छ । म्यान्माका नेपालीभाषीहरूले ‘तनक्खा’सँग जोडिएका आफ्ना अनुभवहरू साक्षात लेखकसँग बाँड्ने मौका पाएकोमा खुशी व्यक्त गरिएको छ ।
    म्यान्मालीहरूको भाषिक, सांस्कृतिक र सामाजिक अवस्थाबारे प्रस्तुत गरेका विवरणहरूले कार्यक्रममा थप गहिराइ र भावुकता थपेको थाइल्यान्डमा रहेका पत्रकार लोकेन्द्र ओलीले बताए ।

    ‘बैंककको साहित्यिक साँझले प्रवासमा रहेर पनि नेपाली साहित्यको चेतना, भावना र अभिव्यक्तिलाई जीवन्त राख्न सकिन्छ भन्ने आभाष गरायो,’ उनले भने ।  साहित्यिक समारोहमा अशोक घिमिरे, दीपा राना, रीत निरौला गुरागाईं, लोकेन्द्र ओली, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत, भारती अधिकारी, तिलक पोखरेल, विना ढकाल, करुणा भुजेललगायतको सहभागिता थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार