शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क

डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • डढेलो निभाउँदा ज्यान गुमाएका १३ सैनिकको सम्मानमा बन्यो स्मृति पार्क

    डढेलो निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकको स्मृतिमा १६ वर्षपछि स्मृति पार्क निर्माण भएको छ ।  डिभिजन वन कार्यालय रामेछाप, रामेछाप नगरपालिका र खड्ग दल गणले संयुक्त रूपमा जिल्ला अस्पताल रामेछापको गेट नजिकै सो पार्क निर्माण गरेका हुन् ।

    Photo (3).jpg

    करिब २५ लाख रुपैँयाको लगानीमा निर्माण भएको पार्क शुक्रबार उद्घाटन गरिएको छ । पार्कको श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे । स्थानीय उपभोक्ता समिति मार्फत पार्क निर्माणको काम भएको थियो ।

    Photo (2).jpg

    पार्क उद्घाटन गर्दै थापाले नेपाली सेनाले आफ्नो जीवनको समेत परवाह नराखी दैविक प्रकोप र विपतमा उद्धारको काममा खटेको बताए । सबैको सहयोगबाट विपतबाट हुने क्षति कम गर्न सकिने थापाले बताए । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले ज्यान गुमाएका सैनिकहरू सेनाका कर्मचारी मात्र नभएर राष्ट्रकै विभूति भएका बताए ।

    Raju  Prasad  Poudel  .jpg

     रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले ढिलै भए पनि जीवन गुमाउने वीर सैनिकहरूको सम्मान भएको बताए ।  २०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक वनको जङ्गलमा लागेको आगो निभाउने क्रममा १३ जना सैनिक जवानहरूले ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा सो पार्क निर्माण गरिएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार