शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित

झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित

    तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ। यहाँ पुल नहुँदा यस भेगका जनताहरुले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए।

    ४५ लाख ६८ हजार १९२ को लागतको पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो। उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ सहित लागत साझेदारी गरेको जानकारी दिए । त्यस्तै, स्थानीयवासीले रु ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए। सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो।

    पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्यादअगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात् एक सय १८ घरधुरीका नौ सय ५४ जना लाभान्वित भएका छन्।

    चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति
    तनहुँको भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट उक्त खण्ड स्तरोन्नति थालिएको हो ।

    संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए । त्यस्तै, सहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट चार सय ९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको रु २० लाख बजेटबाट सुरुआती बिन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याविन जाली र ५४ घनमिटर पक्की नाला निर्माणको काम सम्पन्न भइसकेको छ।

    भानु नगरपालिकामार्फत ठेक्का लागेको निर्माण पक्षले पटकपटक समय थप गर्दासमेत निर्माण नगरेको सुरुआती बिन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब नौ सय ५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए । हाल भइरहेको चार सय ७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ। निर्माण कार्य भइरहँदा माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार