शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जिप्रका पर्सामा तनाव, बैठक नै स्थगित

जिप्रका पर्सामा तनाव, बैठक नै स्थगित

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • जिप्रका पर्सामा तनाव, बैठक नै स्थगित

    जिल्ला प्रशासन कार्यालय पर्सामा वैठक चलिरहेकै बेला तनाव उत्पन्न भएको छ । हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक र्‍यालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कफ्र्यू परिस्थितिमा समुदायबीचको विवाद समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ ।

    शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान प्रमुख दिलीपसिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए ।

    तर, तेस्रो बैठकको सुरुमै सामाजिक सञ्जालमा आएका पोस्टको विषयमा टिप्पणी र अभिव्यक्तिको विषयमा दुवै पक्षबीच चर्काचर्की भएको हो । सामान्य छलफलमै बहस बढ्दै गएपछि एक–अर्काप्रति गाली–गलौज तथा हात हालहालको स्थिति बनेपछि बैठक स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    बैठकको वातावरण शान्तिपूर्ण नभएकाले बैठक तत्कालका लागि रोकिएको छ । यता प्रशासनले वीरगञ्जमा निषेधाज्ञा थप गरी राति १२ बजेसम्म लम्ब्याइएको छ । सामुदायिक एकता र मेलमिलापका लागि आवश्यक राजनीतिक तथा सामाजिक सहकार्य गर्न समस्या परेको छ । बैठकमा भएको विवादपछि स्थानीय तह, समुदाय प्रतिनिधि र सुरक्षाकर्मीबीच छुट्टाछुट्टै छलफल गर्ने तयारी गरिएको प्रहरी स्रोत बताउँछ । नागरिक समाजका अगुवा तथा बौद्धिक वर्गले तत्काल संयम अपनाउन र साम्प्रदायिक एकता जोगाउन आग्रह गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार