शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षकहरु ११ दिनदेखि काठमाडौंको सडकमै

शिक्षकहरु ११ दिनदेखि काठमाडौंको सडकमै

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • शिक्षकहरु ११ दिनदेखि काठमाडौंको सडकमै

    आन्दोलनरत शिक्षकहरूले आज आइतबार पनि काठमाडौंमा प्रर्दशन जारी राखेका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज ११ औं दिन पनि प्रदर्शन गरेका हुन् ।

    शिक्षकहरुले माइतीघरदेखि बानेश्वरसम्म काठमाडौंका सडकमा उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । शिक्षक महासंघर वार्ता र सडक आन्दोलन सँगसँगै अगाडि बढाएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको भनाइ छ । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय गरेमा शिक्षक महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेको छ ।

    सरकार र महासंघबीच बिहीबारदेखि लगातार संवाद भइरहेको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुली मन्त्रिपिरषद् र मन्त्रालयले शिक्षकका सेवा सुविधाका विषयमा निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने बताउँछिन्। यसैबीच शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा गठित उपसमितिले आन्दोलनरत शिक्षकहरूको विषय विधेयकको विषयवस्तु रहेको भन्दै आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

    विद्यालय शिक्षासम्बन्धी विधेयकका लागि गठित उपसमितिका संयोजक छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयक सर्वाधिक चर्चाको विषय बनेको र शिक्षकहरूका मागहरू सम्बोधन गर्न सरकार सकारात्मक रहेकाले आन्दोलनबारे पुनर्विचार गर्न आग्रह गरेको बताए । उपसमितिले विधेयकका १६३ वटा दफामध्ये अहिलेसम्म ८२ वटा दफामा छलफल गरेर निष्कर्षमा पुर्‍याएको दाबी गर्दै उनले शिक्षा विधेयक समयानुकूल बनाएर जाने कुरामा समिति गम्भीर रहेको बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार