शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाललाई पराजित गर्दै कुवेतले जित्यो उपाधि

नेपाललाई पराजित गर्दै कुवेतले जित्यो उपाधि

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • नेपाललाई पराजित गर्दै कुवेतले जित्यो उपाधि

    चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ।

    कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १७१ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका बसिर अहमदले ८०, नन्दन यादवले ३७ रन बनाए ।

    नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थामा नवौं विकेटका बसिर र नन्दनले ७२ रनको साझेदारी गरेका थिए। कुवेतका अनुदीप चेन्थामाराले ३ विकेट लिए । यसअघि हङकङको मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

    कुवेतका रविजा सान्दरुवानले ६३ रन बनाए । नेपालका सोमपाल कामी र नन्दन यादवले २(२ विकेट लिए। प्रतियोगितामा नेपाल शीर्ष र कुवेत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।

    यस्तै आजै तेस्रो स्थानका लागि भएको खेलमा हङकङले कतारलाई १ रनले हरायो । हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन मात्रै बनाउन सक्यो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार