शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ऊर्जामन्त्रीका सल्लाहकार प्रवल अधिकारीले दिए राजीनामा

ऊर्जामन्त्रीका सल्लाहकार प्रवल अधिकारीले दिए राजीनामा

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • ऊर्जामन्त्रीका सल्लाहकार प्रवल अधिकारीले दिए राजीनामा

    ऊर्जाविज्ञ प्रवल अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले आज मंगलबार आफ्नो पदबाट राजीनामाका दिएका हुन्।

     ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञका रूपमा नियुक्त भएका अधिकारीले ऊर्जामन्त्री दीपक खड्काको कार्यको चित्त नबुझेको भन्दै राजीनामा दिएको मन्त्रालय स्रोतले जनाएको छ।

    नेपाल विद्युत प्राधिकरणबाट उपकार्यकारी निर्देशक अवकाश भएका अधिकारी भदौदेखि मन्त्रालयको ऊर्जा विज्ञको रूपमा कार्यरत थिए । मन्त्रालय विशिष्ट श्रेणीको पद सिर्जना गर्दै उनलाई ऊर्जाविज्ञमा नियुक्ति दिएको थियो । ऊर्जा विज्ञ प्रबल अधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेपछि राजीनामा दिएको स्रोतले जनाएको छ।

    पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने प्रक्रियामा मन्त्री खड्काका मुख्य सहयोगीको भूमिको खेलेका अधिकारीमाथि अख्तियारले अकुत सम्पत्तिको मुद्दामा अनुसन्धान अघि बढाएपछि उनी राजीनामा दिएर मन्त्रालयबाट बाहिरिएका स्रोत बताउँछ ।

    अधिकारी आफै प्राधिकरणको कार्यकारी निर्देशक पदका आकांक्षी पनि थिए । तर, त्यस ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि उनको आकांक्षा पूरा हुन पाएको थिएन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार