शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

म्याद नाघेको अश्रुग्यास प्रहार नभएको आइजीपी थापाको दावी

म्याद नाघेको अश्रुग्यास प्रहार नभएको आइजीपी थापाको दावी

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • म्याद नाघेको अश्रुग्यास प्रहार नभएको आइजीपी थापाको दावी

     नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको बताएका छन् । आज शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे ब्रिफिङ गर्दै महानिरीक्षक थापाले घटनामा राज्यविरुद्धको अपराधमा २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनालाई मुद्दा चलाएको बताए ।

    आईजीपी थापाले बोल्दै गर्दा समितिका सभापति रामहरी खतिवडाले ‘कुल समातियो, मुल समातिएन ?’ भन्ने प्रश्न गरेपछि थापाले त्यसको जवाफ दिएका हुन् । आईजीपी थापाले भने, ‘मुल समात्नका लागि गृहमन्त्री ज्यूसँगको सहकार्यमा कुन कसुरमा हो भनेर हेर्दैछौं । जो मान्छे आपराधिक कार्य गर्छ उसले गिरफ्तारी दिँदैन।’ उनले १५ गते घटना घटेको दिन आफूहरू रातभर प्रसाईंको खोजीमा लागेको बताएका छन् । तर, उनले स्टेप बाइ स्टेप कदम चालेर भागेको देखिएको उनको भनाई थियो ।

    उनले भने, ‘हामीले त्यही दिन रातभरी पनि टेक्निकल्ली र म्यानुअल्ली रातभर हेर्‍यौं । स्टेप बाइ स्टेप भागेको देखिन्छ। उहाँ (दुर्गा प्रसाईं) विरुद्ध पनि जाहेरी दर्ता भएर खोजी भइरहेको छ ।’ शान्तिपूर्वक भनिएको आन्दोलन अराजक बनेपछि अगाडि बनाएको सुरक्षा योजनाभन्दा भिन्न तरिकाले जानुपर्दा परिस्थिति असहज बनेको आईजीपी थापाको भनाई छ ।

    उनले भने, ‘शान्तिपूर्वक रूपमा गर्छौं भनेपछि रुटसमेत दिएपछि रुटको सुरक्षामा बढी ध्यान दिइयो । ३९ भन्दा बढी समूह थिए । विभिन्न ठाउँबाट जुलुस निकालिएका थिए । प्राप्त भएका सूचनालाई केन्द्रीय सुरक्षा समितिलाई जानकारी गराउँदै अघि बढाइएको हो । एकै पटक अराजक र अपराधिक कार्य तथा तोडफोड र आगजानीमा उत्रिएपछि प्रहरीले बनाएको योजनाभन्दा फरक तरिकाले बढ्न असहज भयो ।’

    आईजीपी थापाले तीनकुनेमा म्याद नाघेको अश्रुग्यास प्रहार नभएको दावी गरे । समितिका सभापति रामहरि खतिवडाले म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने आएको छ नि भनेर सोधेपछि उनले भने–‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्याद नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ। हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार