शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

    प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

    आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ७३ करोड ६३ लाखको निर्यात भएको छ । यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २६ करोड ६३ लाख, अम्लिसो रु ७६ करोड ९७ लाख, बन्दा रु आठ करोड १७ लाख, जडीबुटी रु चार करोड २६ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट रु दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

    आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १३ करोड १७ लाख १२ हजार, चामल रु चार करोड ९७ लाख, ताजा तरकारी रु २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ ।

    यसैगरी ताजा फलफूल रु २६ करोड ३७ लाख, लसुन रु ६२ करोड ४६ लाख, आलु रु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार