शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

निकेश राईले छायांकन गरेका ‘परदेशी जीवन’ मा किशोर कुमार पन्धाक र माया खापुङको बेजोड अभिनय

निकेश राईले छायांकन गरेका ‘परदेशी जीवन’ मा किशोर कुमार पन्धाक र माया खापुङको बेजोड अभिनय

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • निकेश राईले छायांकन गरेका ‘परदेशी जीवन’ मा किशोर कुमार पन्धाक र माया खापुङको बेजोड अभिनय

    विदेशमा संघर्ष गरिरहेका हजारौँ नेपालीको कथा बोकेको ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक भएको छ। किशोर कुमार पन्धाक र माया खापुङको अभिनय रहेको भिडियोमा समिर सिंगकको स्वर, शब्द टिआर सेनेहाङको रहेको छ । निकेश राइले छायांकन गरेको भिडियोमा सम्पादन बिबी याक्युकले गरेका हुन् ।

    यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र नभई विदेशिएका नेपालीको भावनात्मक कथा हो, जसलाई निर्देशक किशोर कुमार लिम्बु ले आफ्नै जीवनको अनुभवबाट बुनेका छन्।

    किशोर कुमार लिम्बुले यो चलचित्र आफ्नो जीवनकै एउटा ऐनाको रूपमा प्रस्तुत गरेका छन्। एक समय उनी पनि असिनपसिन गर्दै परदेशी भूमिका संघर्ष , नेपाल छोडेर भौतिक सुख – सुविधाको खोजीमा विदेशिएका उनले आफ्नै आँखाले देखेका, भोगेका पीडादायी क्षणहरूलाई यो भिडियोमा उतारेका छन्।

    “परदेश भनेको केवल कमाइ गर्ने ठाउँ मात्र होइन, यहाँ सपना जति अग्ला हुन्छन्, दुःख त्यति नै गहिरा हुन्छन्,” निर्देशक लिम्बु भन्छन्। यो चलचित्र उनै परदेशीहरूले आफ्नो मनको कुना –कन्दरामा लुकाएका तिता अनुभूतिहरूलाई उजागर गर्ने एउटा प्रयास हो।

    परदेशी भावनाको दृश्यात्मक रूप
    चलचित्रमा पात्रले सुदूर गाउँबाट उन्मुक्ति खोज्दै परदेश जाने सपना देख्छ, तर वास्तविकता बिल्कुलै भिन्न हुन्छ। यहाँ केवल पैसा कमाइएला तर आफ्नोपन हराउँदै जान्छ।

    फिल्ममा देखाइएका दुःख, परिश्रम, अनि तिनै परिश्रमका बीच झल्कने ससाना खुशीहरू निर्देशक लिम्बुका आफ्नै जीवनका कथाहरू हुन्। परदेशको कथित उज्यालो कल्पनाको संसारभित्र आफ्नो स्वदेशी जीवन अँध्यारोलाई उनले दृश्यमा जीवन्त रूपमा उतारेका छन्।

    ‘परदेशी’ एक भावनात्मक यात्रा
    चलचित्रमा समावेश गीत– संगीत, संवाद, पात्रहरूको पीडा, र दृश्यहरू कुनै काल्पनिक कथा होइनन्, ती परदेशी भूमिमा पसिना बगाएका हजारौँ नेपालीको वास्तविकता हुन्। निर्देशक लिम्बु भन्छन्, “यो चलचित्र बनाउँदा मैले परदेशमा बिताएका हरेक दिनहरूलाई फेरि एकपटक जिउँने अवसर पाएँ। यो मेरो मात्र कथा होइन, सबै परदेशी नेपालीको कथा हो।”

    यस चलचित्रले एक प्रमुख प्रश्न उठाउँछ – परदेश जानु उपलब्धि हो कि त्याग ? निर्देशक लिम्बु यही प्रश्नको उत्तर खोज्दै आएका छन्। उनलाई लाग्छ, परदेशले मानिसलाई आर्थिक रूपमा सम्पन्न त बनाउन सक्छ, तर आत्मिक रूपमा खोक्रो बनाउँछ।

    साँच्चै, ‘परदेशी’ चलचित्र केवल एउटा कथा नभई हरेक नेपाली मनको गहिराइमा रहेको पीडा हो। यो चलचित्र हेर्दा हरेक परदेशीले आफूलाई यसभित्र कतै न कतै अवश्य भेट्नेछन् ।
    भिडियो…

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार