शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

तीनकुने घटनाः २५० राउण्ड गोली प्रहार, ५८ वटा व्यक्ति लक्षित

तीनकुने घटनाः २५० राउण्ड गोली प्रहार, ५८ वटा व्यक्ति लक्षित

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • तीनकुने घटनाः २५० राउण्ड गोली प्रहार, ५८ वटा व्यक्ति लक्षित

    काठमाडौं तीनकुनेमा राजावादीहरुको प्रदर्शनलाई तितरवितर गर्ने क्रममा प्रहरीले २५० राउण्ड गोली प्रहार गरेको स्वीकारेको छ ।प्रदर्शनको ६ दिनपछि बुधबार पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रदर्शन हिंसात्मक भएपछि नियन्त्रणका लागि गोली चलाउनु परेको प्रष्टीकरण दिएको छ । सो क्रममा व्यक्ति लक्षित ५८ राउण्ड गोली प्रहार भएकोमा २० जनालाई लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले जानकारी दिए । गोली लागेर १८ पुरुष र दुई महिला घाईते भएको उनले जानकारी दिएका छन् ।

    प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको तत्काल मृत्यु भएको थियो । प्रहरीको गोली लागेर रेविका खत्रीसहितका अन्य केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्थिति अनियन्त्रित हुन थालेपछि प्रहरीले १९२ पटक हवाई फायर गरेको डीआईजी आचार्यको भनाई छ । भीड नियन्त्रणका लागि प्रहरीले ७४६ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

    प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि दिउँसो १२ः५० बजे पहिलो अश्रुग्यास प्रहार गरेको जानकारी दिँदै आचार्यले विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ः५४ बजे पहिलो गोली प्रहार गरेको बताए । रेविका, उनका दाजुसहित केही व्यक्तिलाई भने झुक्किएर गोली लागेको बताउँदै आचार्यले घाइते सबैको अवस्थाबारे जानकारी लिइरहेको जानकारी दिएका छन् ।

    आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईकै कारण भीड उत्तेजित भएको निष्कर्षमा प्रहरी छ । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट प्रसाईँसहित रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गरेपछि प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए । राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्शेर राणासहितका व्यक्ति अहिले प्रहरी नियन्त्रणमा रहेको जानकारी दिँदै फरार रहेका प्रसाईंलाई खोज्न प्रहरीको विशेष टोली सक्रिय रहेको बताए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार