शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

खसी–बोका बोकेको गाडी दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

खसी–बोका बोकेको गाडी दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • खसी–बोका बोकेको गाडी दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

    काठमाडौँको नागार्जुनमा खसीबोका बोकेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै गए राति पौने नौं बजेतिर प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट खसेको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको भिमसेन गाउँपालिका– ४ घर भएका का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले नेपालखबरलाई दिएको जानकारीअनुसार दुर्घटनामा गाडी चालक गोरखाकै भिमेश्वर – ४ कै ४१ वर्षीय जमालुदिन मिया र सोही ठाउँका ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।

    भट्टको भिमढुंगाको नर्सरी चोकमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। गाडीका चालक मियाको भने स्वयम्भूस्थित मनमोहन अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार