शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राजावादी प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक

राजावादी प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • राजावादी प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक

    काठमाडौंको तीनकुनेमा राजावादीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।

    तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ । प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने ग्यास गन (बन्दुक) नै खोसेका छन् ।

    राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए ।

    प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गर्ने गन नै प्रदर्शनकारीले खोसेर भागेका छन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार