शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दिल्ली यू–१९ टोलीमाथि नेपाली युवा टोलीको शानदार जित

दिल्ली यू–१९ टोलीमाथि नेपाली युवा टोलीको शानदार जित

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • दिल्ली यू–१९ टोलीमाथि नेपाली युवा टोलीको शानदार जित

    आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको दिल्ली यू–१९ टोलीमाथि शानदार जित निकालेको छ । 

    तीन खेलको श्रृंखला अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल यू–१९ टिमले दिल्ली डिस्ट्रिक्ट क्रिकेट एशोसियसनको यू–१९ टिमलाई ५ विकेटले पराजित गरेको हो ।

    वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्‍यो । नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए भने रोशन विकले २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन जोडे ।

    त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २३ ओभर २ बलमा अलआउट हुँदै ९५ रनमात्र बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाएका थिए । 

    बलिङ्तर्फ नेपालका लागि सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान ३–३ तथा विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए । विश्वकप छनोटको तयारीमा रहेको नेपालको यू–१९ टिमले दिल्लीसँग दोस्रो खेल चैत १४ र तेस्रो खेल चैत १६ गते खेल्ने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार