शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

यातायात कार्यालय विराटनगरबाट १२ बिचौलिया पक्राउ

यातायात कार्यालय विराटनगरबाट १२ बिचौलिया पक्राउ

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • यातायात कार्यालय विराटनगरबाट १२ बिचौलिया पक्राउ

    यातायात व्यवस्था कार्यालय विराटनगर परिसरबाट प्रहरीले १२ बिचौलियालाई पक्राउ गरेको छ ।

    विराटनगर महानगरपालिका–४ खार्जीमा रहेको यातायात कार्यालय आसपासबाट १२ जना बिचौलियालाई पक्राउ गरेको हो । सेवाग्राहीलाई ठगी गरेको गुनासो आएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सञ्जीव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, बुढिगंगा गाउँपालिका–२ का ५० वर्षीय उदय कार्की र दुहबी नगरपालिका–११ का २७ वर्षीय युवराज लम्साल रहेका छन् ।

    त्यस्तै विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत, विराटनगर महानगरपालिका–४ का २२ वर्षीय राजीव मण्डल, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार, कटहरी गाउँपालिका–१ का ३७ वर्षीय भागवत राजबंशी, बुढिगंगा गाउँपालिका–१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका–३ का २९ वर्षीय अजयकुमार मण्डललाई पक्राउ गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार