शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एशिएन कप छनोटः नेपाल आज मलेसियासँग खेल्दै

एशिएन कप छनोटः नेपाल आज मलेसियासँग खेल्दै

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • एशिएन कप छनोटः नेपाल आज मलेसियासँग खेल्दै

    एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मंगलबार मलेसियासँग भिड्दै छ । खेल मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ।

    नेपालले गएको शुक्रबार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्कापुरलाई १–० ले हराएको थियो । सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन् ।

    फिफा वरीयातमा मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ । नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबिच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल छ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

    नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।

    होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार