शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गृहमन्त्रीकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो : रास्वपा

गृहमन्त्रीकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो : रास्वपा

‘प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर व्यक्तिगत कुण्ठा पोख्नु भयो’

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • गृहमन्त्रीकै कार्यकक्षमा रवि लामिछानेविरुद्ध उजुरी तयार पारियो : रास्वपा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले नैतिकता जागेर राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएको भए पनि गृहमन्त्री रमेश लेखकमा नैतिकता जगाउन नसकेको टिप्पणी गरेकी छन् ।

    प्रतिनिधि सभाको बैठकलाई बोल्दै गृहमन्त्रीले अदालतमा समेत हस्तक्षेप गरेको आरोप लगाइन् । उनले भनिन्, ‘मानव तस्करीको विषय मात्रै होइन न्यायालयमा हस्तक्षेप भएको कुरा पनि पूर्व न्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति सार्वजनिक नै छ । रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनको पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारेको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट पठाइएको सूचनाहरू आइरहेका छन् । जुन दिन पेसी चढेको छ उही दिन योजनाबद्ध उजुरी परेपछि स्वतन्त्र न्याय कसरी सम्भव हुन्छ ।’

    उनले प्रधानमन्त्रीको अभिव्यक्ति सुनेर जनता दिग्भ्रमित भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘उहाँले केही दिनअघि भन्नु भएको थियो अदालतमा आफ्नै पार्टीका कार्यकर्तालाई न्यायाधीश बनाउँछौं । निर्णय बफादारीमा हुन्छ । आज त्यही प्रधानमन्त्रीले अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नु भएको छ ।’

    केही सांसदहरूले कानुनमन्त्री र प्रधानमन्त्रीले पनि न्यायाधीशलाई फोन गरेको आरोप लगाएको उल्लेख गर्दै उनले यसबारे सरोकारवाला निकायको गम्भीर ध्यान जानुपर्ने उनले आग्रह गरिन् । उनले प्रधानमन्त्री ओलीले संसदको रोष्ट्रमबाट व्यक्तिगत कुण्ठा पोखेको समेत आरोप लगाइन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार