शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

'मोदीको चीन भ्रमणले विश्वलाई नयाँ दिशा दिनेछ'

'मोदीको चीन भ्रमणले विश्वलाई नयाँ दिशा दिनेछ'

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • 'मोदीको चीन भ्रमणले विश्वलाई नयाँ दिशा दिनेछ'

    चीनले एससीओ शिखर सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित भ्रमणको स्वागत गरेको छ र भारतीय प्रधानमन्त्रीलाई आफ्नो भूमिमा स्वागत गर्न उत्सुक रहेको बताएको छ । यसैबीच, केही पश्चिमी मिडिया संगठनहरूले मोदीको भ्रमणलाई अमेरिकाविरुद्ध बचाउ गर्ने प्रयासको रूपमा प्रस्तुत गरेका छन् ।

    चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले पश्चिमी मिडियाको यो दृष्टिकोणलाई एकतर्फी भनेको छ । यसले स्वतन्त्र व्यापारको रक्षा गर्नु र एकतर्फी करको विरोध गर्नु आज विश्वका अधिकांश देशहरूको साझा चाहना भएको बताएको छ । यदि प्रधानमन्त्री मोदीले चीनको भ्रमण गरेमा यसले दुई देशबीचको सम्बन्धमा सकारात्मक गतिलाई मात्र बलियो बनाउने छैन, तर सम्पूर्ण विश्वलाई नयाँ दिशा पनि दिने ग्लोबल टाइम्सले लेखेको छ । प्रधानमन्त्री मोदीको चीनको सम्भावित भ्रमण त्यस्तो समयमा हुन लागेको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध कर युद्ध सुरु गरेका छन् । प्रधानमन्त्री मोदी यस महिनाको अन्त्यमा सांघाई सहयोग संगठन (एससीओ ) को बैठकमा भाग लिन चीनको भ्रमण गर्नेछन् । यो समाचारले पनि विश्वको ध्यान खिचेको छ । यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

    २०२० मा गलवान द्वन्द्व पछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो । दुई देशबीच पारस्परिक अविश्वास बढेको थियो । तर चार वर्षपछि, २०२४ मा कजानमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि, दुई देशबीचको सम्बन्धमा रहेको अविश्वास कम भएको छ । हालै राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहले एकपछि अर्को गर्दै चीनको भ्रमण गरेका छन् । अब सात वर्षपछि प्रधानमन्त्री मोदी चीनको भ्रमणमा जाँदैछन् । चीनले ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म तियानजिनमा एससीओ शिखर सम्मेलन आयोजना गर्दैछ ।

    यस्तो अनुकूल वातावरणमा, ट्रम्पको एकतर्फी ट्यारिफ नीतिले चीनलाई भारतसँग सम्बन्ध छिटो सुधार गर्ने राम्रो अवसर दिएको छ । चीन भारत दुवै आफ्नी व्यापारिक हितकालागि सम्बन्ध सुधार गर्न प्रयासरत छन् । ग्लोबल टाइम्सले प्रधानमन्त्री मोदीको सम्भावित चीन भ्रमणको स्वागत गर्दै भारत र चीनबीचको राम्रो सम्बन्धले दुवै देशलाई मात्र फाइदा पुर्‍याउने छैन, तर यो सम्पूर्ण विश्वको लागि राम्रो परिणाम साबित हुने उल्लेख गरको छ । दुवै देशको एकताले विश्वलाई नयाँ दिशा दिने दाबि गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने- 'हामीलाई विश्वास छ, सबै पक्षहरूको संयुक्त प्रयासले, तियानजिन शिखर सम्मेलन एकता, मित्रता र फलदायी नतिजाहरूको संगम हुनेछ, र एससीओले ठूलो समन्वयका साथ विकासको नयाँ चरणमा प्रवेश गर्नेछ ।'

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार